काठमाडौं - आज दिउँसो १ बजेको लागि आकस्मिक मन्त्रिपरिषदको बैठक डाकिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाएको समयमै मन्त्रिपरिषदको बैठक डाकेका हुन्।
आकस्मिक बस्न लागेको मन्त्रिपरिषद बैठकलाई ओली निकट नेता तथा मन्त्रीहरुले नियमित बैठक भनेका छन्। ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको पनि आशंका गरिएको छ। नेकपा अान्तरिक विवादकाे कारण फुटकाे संघारमा छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।