बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

प्रचण्डसहित नेकपाका शीर्ष ५ नेताको निवासमा ओलीले खटाए गुप्तचर !

प्रचण्डसहित नेकपाका शीर्ष ५ नेताको निवासमा ओलीले खटाए गुप्तचर !

  • मिडिया डबली
  • बुधवार, मंसिर ३ २०७७

  • 3.8K
    SHARES

  • प्रचण्डसहित नेकपाका शीर्ष ५ नेताको निवासमा ओलीले खटाए गुप्तचर !

    काठमाडौं - सत्तारुढ नेकपाको विवाद फुटकै संघारमा पुगेको बेला अर्काे लफडा थपिएको छ। नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको निर्देशनमा नेकपा सचिवालयका पाँच नेताको निगरानी गर्न राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरहरु नै खटाएको खुलासा भएको हो।

    ओलीले आफूविरुद्ध रणनीति बनाएर अघि बढे पछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरुको गतिविधि निगरानी गर्न गुप्तचर खटाउन निर्देशन दिएको खुलासा भएको हो। गुप्तचरहरु प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको गतिविधि निगरानी गर्न खटिएका छन्। अध्यक्ष ओली र प्रचण्डबीचको विवाद पार्टी फुटकै अवस्थामा पुगेकोछ।

    आज प्रचण्डले सचिवालय बैठक नै आह्वान गरेका छन्। केपी ओली पक्षले आजको बैठक सार्न माग गरेको छ। उता प्रचण्ड, माधव नेपाल गठबन्धन कुनै हालतमा पनि बैठक नसार्ने र पेलेरै जाने मनस्थितीमा छ। प्रधानमन्त्री ओलीले गुप्तचर गणेश अधिकारीलाई ठाडो निर्देशन दिएर शीर्ष नेताको निगरानीमा कर्मचारी खटाउन भनेका हुन्।

    प्रचण्ड र नेपाल निवासको गतिविधि बालुवाटारमा तत्काल खबर गर्ने गरी ओलीले गुप्तचर खटाउन निर्देशन दिएका हुन्। ओलीले गुप्तचर विभाग गृहमन्त्रालय बाट झिकेर प्रधानमन्त्री मातहत रहने निर्णय गराएका छन्। त्यसैले उनको ठाडो निर्देशनमा गुप्तचरका कर्मचारीहरु खटिने गरेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend