बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

ओली-प्रचण्डबीच गम्भीर टकराव , सचिवालय बैठक अघि नै नेकपा फुट्दै

ओली-प्रचण्डबीच गम्भीर टकराव , सचिवालय बैठक अघि नै नेकपा फुट्दै

  • मिडिया डबली
  • मंगलवार, मंसिर २ २०७७

  • 3.5K
    SHARES

  • ओली-प्रचण्डबीच गम्भीर टकराव , सचिवालय बैठक अघि नै नेकपा फुट्दै

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीकाे सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीले राेक्न खाेजे पनि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै हालतमा बैठक नरोक्ने अडान लिएकको छ ।

    बैठक रोक्न ओलीको सन्देश लिएर महासचिव समेत रहेका अर्थमन्त्री विष्णु पौडेल खुमलटार पुगेका थिए । उनले प्रचण्डसँग बैठक रोकेर सहमतिको प्रयास गर्न आग्रह गरेपनि प्रचण्डले अस्वीकार गरेको बुझिएको छ ।

    ओली पक्षले प्रचण्डले प्रस्तुत गरेको छुट्टै प्रतिवेदन फिर्ता नगरेसम्म बैठक नराख्ने अडान लिएपछि विवाद बढेकाे बेला प्रचण्ड जुनसुकै हालतमा पनि बैठक राख्ने तयारीमा छन् ।

    यसाे हुँदा भाेलि बैठक भन्दा अघि नै नेकपा फुटकाे संघारमा पुग्न सक्ने खतरा उत्पन्न भएकाे छ । विश्वस्त स्रोतका अनुसार प्रचण्डले धुम्बाराहीमा बैठक राख्ने तयारी गरेका छन् ।

    उनले प्रचण्डलाई बैठकमा डाक्ने र नआएमा आफै अध्यक्षता गरेर अगाडि बढ्ने भएका छन् । प्रचण्डसहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले छलफल गरेर बैठक बसी स्थायी कमिटी डाक्ने तय गरेका छन् ।

    १५ मंसिरमा केन्द्रीय कमिटी बैठक पनि बस्ने तय भएको छ । अब नेकपाभित्रको विवादको टुंगो पार्टी कमिटीबाट लगाउने गरी प्रचण्ड पक्षीय नेताहरु अगाडि बढेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend