बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

जनप्रतिनिधी नै जुवा खेलाउँदै, वडा सदस्यले जुवा खेलाए प्रहरी मौन

जनप्रतिनिधी नै जुवा खेलाउँदै, वडा सदस्यले जुवा खेलाए प्रहरी मौन

  • मिडिया डबली
  • मंगलवार, मंसिर २ २०७७

  • 7.8K
    SHARES

  • जनप्रतिनिधी नै जुवा खेलाउँदै, वडा सदस्यले जुवा खेलाए प्रहरी  मौन

    धादिङ- धादिङको गजुरी गाँउपालिकाको जनप्रतिनिधी नै जुवा खेलाउन सक्रिय भएको पाईएको छ । 

    गत भदौ २२ गते धादिङमा साल्ट ट्रेनिङ कर्पोरेशनले किसानका लागी अनुदानको युरीया मल महंगो मुल्यमा बिक्रि गरेर विवादमा आएका गजुरी गाँउपालिका वडा नं.२का वडा सदस्य नेतानन्द थपलियाको फेरी अर्को कर्तुत सार्वजनिक भएको हो । 

    आफुलाई समाजसेवी दावी गर्ने नेकपा स्थानिय नेता समेत रहेका गजुरी गाँउपालिका वडा नं.२ का सदस्य थपलिया जुवा खेल्न सक्रिय रहेको तस्विर समेत सार्वजनिक भएको छ ।

    वडा सदस्य थपलिया हातमा कौडा तथा साथमा केहि रकम समेत लिएर जुवा खेलिरहेको तस्विर समेत सार्वजनिक भएको छ ।

    वडा सदस्य थपलिया केहि दिन यता तिहार सुरुभएसंगै जुवा खेलाउन सक्रिय रहेको समेत खुलाशा भएको छ । यद्धपी उक्त तस्विर भने गएराती अर्थात् मंसिर १ गते रातीको हो ।

    नाम नवताउने शर्तमा एक स्थानियले जानकारी दिए अनुसार तिहार शुरु नहुंदैदेखी गजुरी गाँउपालिका वडा नं.२ स्थित्का गाँउमा जुवा खेल्नुपर्र्यो भन्दै स्थानिय बटुल्दै हिंडेका थिए । 

    यद्धपी प्रहरी प्रशासनले र सरकारले तास जुवा नखेल्न अनुरोध गरेको् बताँउदा समेत थपलियाले आफु स्वयम् सरकारी निकायको ब्यक्ती रहेको र प्रहरी प्रशासनको जिम्मा समेत आफुले लिने भन्दै जवरजस्त स्थानिय बटुलेर घरमै जुवा खेलाउन सक्रिय रहेको समेत उनको आरोप छ । 

    उता स्थानिय प्रशासनले भने जुवा तास नखेल्न अनुरोध गर्दै त्यस्ता किसिमको गतिबिधीमा कडाई गरेको छ । तर प्रहरी प्रशासनले कडाई गरेपनी थपलिया जनप्रतिनिधी भएकै कारण उनले जुवा खेलेको थाहा पाएरपनी प्रहरी प्रशासनले समेत चासो नदिएको स्थानियको गुनाशो छ । 

    त्यसो त दुई दिन अघी मात्र पनी ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक सहितको टोली उक्त क्षेत्रमा छापा मार्न पुगेपनी मोवाईलले भिडियो मात्र खिचेर फर्किएको थियो ।

    उक्त जुवाखालमा समेत तिनै वडा सदस्य थपलिया रहेको हुनसक्ने स्थानियको अनुमान छ ।

    यद्धपी प्रहरी टोलीले भने अव आईन्दा जुवा नखेल्न भन्दै चेतावनी दिएर गएपनी त्यसपछी पनी थपलिया जुवा खेल्न सक्रिय रहेको स्थानियहरुले गुनाशो गरेका छन् । 

    अव तस्विर समेत सार्वजनिक भैसक्दा प्रहरी प्रशासनले कस्तो कारवाहि गर्छ त्योभने हेर्न बाँकी नै छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend