बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

काठमााडौंमा मात्रै करिब १ लाख कोरोना संक्रमित, स्थिती भयावह

काठमााडौंमा मात्रै करिब १ लाख कोरोना संक्रमित, स्थिती भयावह

  • मिडिया डबली
  • सोमवार, मंसिर १ २०७७

  • 4.8K
    SHARES

  • काठमााडौंमा मात्रै करिब १ लाख कोरोना संक्रमित, स्थिती भयावह

    काठमाडौं- उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या १ लाख नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म उपत्यकामा ९७ हजार १५९ जनामा संक्रमण पुष्टि भइसकेको छ । 

    जसमध्ये काठमाडौंमा ७८ हजार ६५०, भक्तपुरमा ७ हजार १३० र ललितपुरमा ११ हजार ३७९ जना रहेका छन् । जसमध्ये काठमाडौंमा ६४ हजार ७०, भक्तपुरमा ५ हजार ८६६ र ललितपुरमा ९ हजार ८९ जना निको भइसकेका छन् भने सक्रिय संक्रमित काठमाडौंमा १४ हजार २७९, भक्तपुरमा १ हजार १८८ र ललितपुरमा २ हजार २०४ जना रहेका छन् ।

     नेपालमा पछिल्लो २४ घण्टामा थप १  हजार ९ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमित संख्या २ लाख १० हजार ९  सय ७३ पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ९  सय ३४ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या १ लाख ७६ हजार ३ सय ६४  पुगेको छ।

    त्यस्तै पछिल्लो २४ घण्टामा ९ जनाले ज्यान गुमाएका छन् । योसँगै मृतक संख्या १ हजार २ सय ३०  पुगेको छ । हाल देशमा सक्रिय संक्रमितको संख्या ३३ हजार ३ सय ७९ रहेको छ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend