काठमाडौं- नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मङसिर ३ गते बैठक बस्न नसक्ने चेतावनी मुलक टिप्पणी गरेका छन् ।
ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रस्ताव फिर्ता ागरे बैठब बस्न नसक्ने बताएका हुन् ।
आइतवार बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेलसँग छुट्छुट्टै र सामूहिक भेटवार्ता गरेर प्रचण्डको प्रस्ताव फिर्ता गराउँन आग्रह गरेका छन् ।
आइतबार बिहान उपाध्यक्ष वामदेव गौतम र विष्णु पौडेलसँग कुरा गरेका अध्यक्ष ओलीले अपरान्ह पुनः बरिष्ठ नेता नेपाललाई बालुवाटार बोलाएका थिए । नेता नेपालले एक्लै नभेट्ने बताएपछि गौतम दोस्रोपटक बालुवाटार पुगेका थिए ।
त्यसक्रमा ओलीले प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने त्यसपछि मात्रै अन्य विषय अघि बढ्ने जनाएको वालुवाटार स्रोतले जनाएको छ । ‘प्रचण्डजीको प्रस्तावभन्दा पनि म विरुद्धको आरोपै आरोप र प्रहारले भरिएको लिखत जो छ, त्यो रोक्नुपर्छ । त्यो रोकिएपछि मात्रै अरु विषयमा छलफल हुन्छ, त्यसमा तपाइले पहल गर्नुपर्यो’, ओलीले नेपाललाई आग्रह गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।