काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रको विवाद अझैं समाधानको बाटोमा लागेको छैन् । यसबीच आफ्नो पक्षमा बहुमत पार्नका लागि नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबीच अन्य वरिष्ठनेताहरुको तानातान चलिरहेको छ ।
यसै क्रममा प्रधानमन्त्री ओलीले पार्टीभित्र देखिएको संकटमा आफूलाई साथ दिन भनी गरेको प्रस्तावलाई उपाध्यक्ष वामदेव गौतमले 'किक' हानेका छन् ।
आइतबार बिहान ६ बजे भेटका लागि प्रधानमन्त्री ओलीले गौतमलाई बालुवाटार बोलाएका थिए। उनी साढे ८ बजे प्रधानमन्त्री निवास पुगेको र एक घण्टा भएको छलफलका क्रममा वादेवले उक्त प्रस्ताव अस्वीकार गरेका हुन्।
ओलीले वामदेवलाई आफ्नो पक्षमा पारेर ४० प्रतिशत पुर्याउने लक्ष्य राखेको र त्यसका लागि वामदेव साथ दिन सहमत नभएको स्रोतको भनाइ छ ।
यसबाहेक गौतमले ओलीलाइ सच्चिन सुझाव दिदै व्यक्तिगत कुरा नगर्न र प्रचण्डले पेस गरेको प्रस्तावमा बैठकमै छलफल गरेर निकास निकाल्न सुझाव दिएको समेत बताइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।