बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

ओलीका समर्थकको सामाजिक सञ्जालमा रुवाबासी 

ओलीका समर्थकको सामाजिक सञ्जालमा रुवाबासी 

  • मिडिया डबली
  • शनिवार, कार्तिक २९ २०७७

  • 7.9K
    SHARES

  • ओलीका समर्थकको सामाजिक सञ्जालमा रुवाबासी 

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका वास्तविक घटनापरिघटनालाई समेटेर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबारको सचिवालय बैठकमा एक राजनीतिक प्रतिवेदन पेश गरे ।

    प्रचण्डको उक्त प्रतिवेदनले ओलीले पार्टीभित्र गरेको आन्तरिक किचलो सार्वजनिक गरेको मात्रै छैन्, अब ओलीलाई यस्ता रणनीति चाल्नबाट कसरी रोक्ने भन्ने कुरा समेत राखिएको छ ।

    बहुमत सचिवालय सदस्यको आडमा प्रचण्डले पेश गरेको यो प्रतिवेदनपछि नेकपामा ओलीमात्रै हैन्, ओलीका समर्थकहरुलाई समेत भयंकर संकट आइलागेको छ ।

    प्रचण्डको प्रतिवेदन सार्वजनिक भएयता ओलीका समर्थक एवं प्रिय पात्रहरुले सामाजिक सञ्जालमा रुवाबासी नै गरेका छन् । शनिबार प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार समेत रहेका सुर्य थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत ओलीविरुद्ध प्रचण्डले पेश गरेको प्रतिवेदन फिर्ता लिनुपर्ने भन्दै निकै सशंकित पोष्ट गरेका थिए । 

    सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावलाई उनले ‘भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्टिकरण’ को संज्ञा दिएका छन् । “अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयमा एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्टिकरण हो,” थापाले भनेका छन् ।

    त्यसपछि ओलीका अर्का निकट पात्र एवं सचिवालय सदस्य ईश्वर पोखरेलले ओलीमाथि लगाइएका अनेकन लाञ्छना फिर्ता नल्याइएमा ठूलो दुर्भाग्य सहनु पर्ने भन्दै समाजिक सञ्जालमै पोष्ट गरेका छन् ।

    अध्यक्ष दाहालले सार्वजनिक गरेको प्रतिवेदनमा अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीमाथि गम्भीर लाञ्छना लगाइएको भन्दै उनले उक्त प्रस्ताव फिर्ता लिनुपर्ने बताएका छन् ।

    ओली विरूद्ध अत्यन्त संगीन आरोपहरू भदौ २६ गतेको स्थायी कमिटीको निर्णय र पार्टी एकताको भावना विरूद्ध रहेको गुनासो उनको छ ।

    पार्टीभित्र चरम विवादका बेला सहमतिका साथअघि बढ्नुपर्ने, पार्टी एकता गर्दा स्वीकार गरिएका आधार र मान्यता विपरित “कि तँ छैनस् कि म छैनुु, भन्ने अत्यन्त असन्तुलित र दुराग्रहपूर्ण ढंगले प्रस्ताव अघि सारिएको नेता एवं सचिवालय सदस्य पोखरेलको भनाइ छ ।

    यति मात्रै हैन्, ओलीका अर्का निकट पात्र एवं सर्थक एन महरले समेत सामाजिक सञ्जाल फेसबुकमार्फत नै प्रचण्डले ओलीविररुद्ध पेश गरेको प्रतिवेदन फिर्ता दिनु पर्ने भन्दै दबाबपूर्ण रुवाबासी गरेका छन् ।

    नेता महरले भनेका छन्, "क. प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गंभीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको छ !"

    उनले भनेका छन्, 'म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि वैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि वढाउन हार्दिक अनुरोध गर्दछु !"

    यसरी प्रचण्डले ओलीविरुद्ध प्रहार गर्न खोजेको एक अस्त्रले नै ओलीका समर्थकहरु भयविहित भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend