काठमाडौं- शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बसेको छ । लामो समयको विवादपछि आज बसेको बैठक अब फेरि ३ गते बस्ने गरि सकिएको छ ।
प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्षकै कारण नेकपामा विवाद बढीरहेका आरोप लागिरहेका बेला ओलीले फेरि नेकपामा हंगामा मच्चाउँनका लागि वरिष्ठ नेता वामदेव गौतमलाई प्रयोग गर्न खोजिरहेको कुरा बाहिरिएका छन् ।
प्रधानमन्त्री ओलीले नेता गौतमलाई रोजेको मन्त्रालय दिने भन्दै आफ्नो बहुमत बनाउँनका लागि आफ्नो पक्षमा पार्न खोजेको आरोप छ ।
ओलीले वामदेवलाई आफ्नो पक्षमा पारे भने ओलीले फेरि पार्टीमा आफ्नो इच्छा अनुसार निर्णय गर्न सक्ने अनुमान गरिएको हो ।
सचिवालय बैठकअघि ओलीले आफ्ना दूत पठाएर बामदेवलाई रोजेको मन्त्रालय दिने भन्दै आफ्नो पक्षमा पार्न खोजेको स्रोतले जनाएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साथ दिँदै आएका गौतमलाई आफ्नो पक्षमा पार्न सके सचिवालयमा बहुमत पुग्ने र प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई गलाउनसक्ने हेतुले ओलीले रोजेको मन्त्रालयको प्रस्ताव गरेको नेकपा स्रोतको भनाई छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।