काठमाडौं- नेकपा सचिवालय बैठक सकिएपछि अहिले बालुवाटारमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहित ६ नेताहरुको अनौपचारिक बैठक सुरु भएको छ ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सचिवालय बैठक सकिएलगत्तै बाहिरिएपछि ओलीलगायत ६ नेताको बैठक सुरु भएको हो ।
सचिवालय बैठक सकिएलगत्तै ओलीसहित बरिष्ठ नेता माधव नेपाल, महासचिव विष्णु पौडेल, नेताहरु वामदेव गौतम, ईश्वर पोखरेल र रामबहादुर थापा ‘बादल’ बैठकमा सहभागी छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।