काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रको विवाद समाधान गर्नका लागि लामो समयपछि सचिवालय बैठक आज बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक सुरु भएको हो।
पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटक पटक बैठकको माग गर्दा समेत प्रधानमन्त्री केपी शर्मा ओलीले असहमति जनाएका थिए। तर, अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक राख्न लिखित रुपमा माग गरेपछि प्रधानमन्त्री ओलीले आजको लागि बैठक राख्ने सहमति दिएका हुन्।
अध्यक्ष दाहालसहित नेताहरुले राजदूत नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली विवाद, पर्सा घटना, रअ प्रमुख सँगको भेटवार्ता, कोरोना महामारी नियन्त्रण र आर्थिक संकट, पार्टीभित्रको बैठक निर्णय कार्यान्वयन, पार्टी नेतृत्वको र सरकारको प्रभावकारिताबारे छलफल गर्नुपर्ने भन्दै सचिवालय बस्नुपर्ने बताउँदै आएका थिए।
आजको बैठक लामो समयको उग्र तनबपछि बसेका कारण महत्वपूर्ण तरिकाले हेरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।