काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीभित्रको लामो समयको विवदा आज बस्ने तय भएको ४ बजेको बैठकमा अध्यक्ष समेत रहेका प्रधनमन्त्री केपी शर्मा ओलीमाथि दबाब हुने संकेत देखिएको छ ।
लामो समयदेखि पार्टीभित्रको विवदा समाधानका लागि प्रचण्डपक्षले माग गर्दै आएको पार्टी बैठक अस्विकार गर्दै आएका ओली आजको बैठकमा सहभागि हुने सम्भावना छ ।
यसअघि हिजो सचिवालय बैठकको पूर्वसन्ध्यामा अध्यक्ष दाहालसहित पाँच जना सचिवालय सदस्यहरुले खुमलटारमा छलफल गरेका थिए। पाँच जना नेताहरु आजको सचिवालय बैठकमा एकमत भएर प्रस्तुत हुने तयारीका साथ बैठक बसेका थिए ।
सोही अनुसार आजबो बैठकमा ओलीलाई सहमतिको बाटोमा ल्याउनका प्रचण्डपक्षको कडा रणनीतिका कारण हंगामा हुन सक्ने अनुमान गरिएको छ ।
योसँगै अब, भोलिको बैठकमा खैलाबैला हुन सक्ने संकेत देखिएको छ । सचिवालयका बहुमत सदस्यले प्रधानमन्त्री ओलीमाथि पार्टीका निर्णय नमानेको र एकलौटी रुपमा अघि बढेको आरोप लगाएका छन् । र, स्थायी कमिटीले गरेका निर्णय कार्यान्वयन नगरेको पनि उनीहरुको आरोप छ ।
यस्तै बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले फरक फरक प्रस्ताव ल्याउने बुझिएको छ । पार्टी विवादको समिक्षा र समाधानको उपायबारे दुवै पक्षले फरक प्रस्ताव ल्याउन लागेको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।