बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

नेकपा फुट्ने विषयमा बोले पर्यटनमन्त्री भट्टराई

नेकपा फुट्ने विषयमा बोले पर्यटनमन्त्री भट्टराई

  • मिडिया डबली
  • बुधवार, कार्तिक २६ २०७७

  • 5.5K
    SHARES

  • नेकपा फुट्ने विषयमा बोले पर्यटनमन्त्री भट्टराई

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले नेकपा फुटको विषयमा कुरा निकालेका छन् । उनले कुनै पनि हालतमा नेकपा फुट्न नदिने बताएका हुन् ।

    गृहजिल्ला ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा बुधबार आयोजित नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री  भट्टराईले ठूलो पार्टीमा सामान्य विवादजस्तो देखिए पनि कुनै हालतमा पार्टी नफुट्ने बताएका छन् ।

    'नेकपा समुद्र हो, समुद्रमा छाल आउँछ, त्यहीँ बिलाउँछ, छाल आयो भन्दैमा  आत्तिनु हुँदैन,' पार्टीका नेता तथा कार्यकर्तालाई विचलित नहुन समेत मन्त्री भट्टराईले आग्रह गरे। 

    पार्टीमा एकता कायम गर्नका लागि जनदबाव सिर्जना गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्दै नेताहरुले पनि आआफ्नातर्फबाट त्याग गरी पार्टी जोगाउनुपर्ने उनले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend