बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

स्थानीय तहबाट नेकपा केन्द्रलाई खुँखार खबरदारी, पार्टीलाई झड्का

स्थानीय तहबाट नेकपा केन्द्रलाई खुँखार खबरदारी, पार्टीलाई झड्का

  • मिडिया डबली
  • मंगलवार, कार्तिक २५ २०७७

  • 3.7K
    SHARES

  • स्थानीय तहबाट नेकपा केन्द्रलाई खुँखार खबरदारी, पार्टीलाई झड्का

    तनहुँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहको विवादले समाजवादोन्मुख मुलुक निर्माण हुने सुनौलो सपनामा सङ्कट उत्पन्न हुने जनाउँदै नेकपा शुक्लागण्डकी नगर कमिटी, तनहुँले विभाजन ल्याउने कार्य नगर्न खबरदारी गरेको छ । 

    सो कमिटीले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज ज्ञापनपत्र पठाउँदै पार्टीको विवाद तत्काल समाधान गर्न माग गरेको हो । 

    कमिटीले पार्टीका केन्द्रीय सदस्य आशा कोइरालामाफत् ओली र गण्डकी प्रदेश कमिटी सदस्य दुर्गा पराजुलीमार्फत् प्रचण्डलाई ज्ञापनपत्र पठाएको छ । ऐतिहासिक सङ्घर्षको उपलब्धिद्वारा पार्टीका आम कार्यकर्ता, समर्थक र जनतामा आएको उत्साहलाई अहिले देखा परेको विवादले गहिरो चोट पुर्याएको  ज्ञापनपत्रमा उल्लेख  छ । कमिटीले सो पत्र पार्टीका गण्डकी प्रदेश कमिटी अध्यक्ष हितराज पाण्डे र तनहुँ जिल्ला कमिटी अध्यक्ष केदार सिग्देललाई पनि ज्ञापनपत्र पठाएको छ । 

    कमिटी अध्यक्ष मुक्ति तिमिल्सिनाले एकापसमा आरोपप्रत्यारोप त्यागेर वैचारिक हिसाबले अगाडि बढ्न नेतृत्व पङ्क्तिलाई आग्रह गर्दै आफूहरु विभाजनमा नलाग्ने स्पष्ट गरे । कमिटी सचिव परशुराम भण्डारीले अध्यक्षद्वयबीचको अन्तरविरोध नकरात्मक ढङ्गबाट अगाडि बढेकाले अन्तरविरोध त्याग्न आग्रह गर्दै ज्ञापनपत्र बुझाइएको जानकारी दिए । 
     
    केन्द्रीय कमिटी सदस्य कोइरालाले एकताको प्रक्रिया तलसम्म टुङ्गिन नपाउँदै पार्टी फेरि विभाजन हुने त होइन भन्ने आशङ्का बढेको अवस्थामा नगर कमिटीले पार्टीलाई ध्यानाकर्षण गराउनु सकारात्मक रहेको बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend