काठमडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको नेकपाका बहुमत सचिवालय सदस्यहरुको बैठक आज बेलुका ४ बजे धुम्बराहीमा बसेको थियो ।
बैठकले बिहीबार बैठक राख्न प्रस्ताव गरेको र सो बैठकमा सहभागी हुन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।
पार्टी कार्यालय धुम्बाराहीमा भएको सो बैठकमा कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए।
प्रचण्डसहित सचिवालयमा रहेका पाँच जना नेताहरुले पार्टी कार्यालयमा गरेको सो अनौपचारिक बैठकमा बिहीबार राख्ने बैठकमा सहभागिताका लागि प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओलीलाई पुनः आग्रह गर्ने निर्णय गरेको हो।
धुम्बाराहीको सो बैठकमा जानुअघि पनि प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए।
नौ सदस्य रहेको सचिवालयमा कार्यकारी अध्यक्ष प्रचण्डलाई वरिष्ठ नेता खनाल र नेपाल, उपाध्यक्ष गौतम र प्रवक्ता श्रेष्ठले साथ दिँदै आएका छन्।अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री तथा महासचिव बिष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापाको सहयोग रहँदै आएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।