काठमााडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच यतिबेला निकै नै विवाद चलेका छ । ओली प्रचण्डको बाटोमा र प्रचण्डओलीको बाटोमा नहिड्ने भएसँगै अब, ओलीबीनाको नेकपालाई नयाँ गोरेटोमा धकेल्ने मोडमा प्रचण्ड पुगेका छन् ।
यतिबेला प्रचण्ड पार्टीभित्र निकै सक्रिय बनेका छन् भने ओलीको पक्षमा खासै जागर देखिएको छैन् । पार्टीभित्रको विवादबारे छलफल गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच जना सचिवालय सदस्यहरु पार्टी कार्यालय धुम्बाराही पुगेका छन्।
बैठकका लागि पार्टी कार्यालय धुम्बाराहीमा अहिले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ पुगेका छन्। ओलीको कार्यशैलीको विरोध गर्दै प्रचण्डसहित वरिष्ठ नेता खनाल, नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठले आपसी छलफललाई तीब्र पारेका हुन्।
आफूले बोलाएको सचिवालय बैठकमा जानुअघि उनी प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। सचिवालयको बैठक राखेपछि प्रधानमन्त्री ओलीले उनलाई छलफल गर्न बोलाएपछि पार्टी कार्यालयको बैठकमा जानुअघि प्रचण्ड बालुवाटार पुगेका हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।