बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

सचिवालय बैठक बस्नुअघि प्रचण्ड बालुवाटारमा, ओलीलाई अन्तिम संकेत

सचिवालय बैठक बस्नुअघि प्रचण्ड बालुवाटारमा, ओलीलाई अन्तिम संकेत

  • मिडिया डबली
  • मंगलवार, कार्तिक २५ २०७७

  • 6.2K
    SHARES

  • सचिवालय बैठक बस्नुअघि प्रचण्ड बालुवाटारमा, ओलीलाई अन्तिम संकेत

    काठमााडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका ५ जना नेताले सचिवालय बैठक बोलाउन सहमति दिन अध्यक्ष  तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित आग्रह गरेका थिए ।

    तर, प्रधानमन्त्री ओलीले बैठक बोलाउन कुनै चासो नदेखाएपछि अध्यक्ष प्रचण्ड आफैले आज ४ बजेलाई धुम्बराहीमा अनौपचारिक सचिवालय बैठक बोलाएका छन् ।

    बैठक बोलाएर प्रचण्ड भने बालुवाटारमा ओलीलाई नेकपाभित्रको विवाद समाधानका लागि अन्तिम शान्तपूर्ण संकेत गराउन गएका छन् । बालुवाटारबाट ४ बजे धुम्बराही जानेगरी प्रचण्ड बालुवाटार गएका हुन् । प्रचण्डले ओलीलाई विवाद समाधानतर्फ लाग्न भन्दै प्रचण्डले ओलीलाई सहमितमा आउँन अन्तिम संकेत गर्न गएको हुनसक्ने अनुमान गरिएको छ।

    अझैं पनि ओलीले अटेर गरे नेकपाका नेता माधवकुमार नेपालसहितको बहुमतको प्रयोग एवं कार्यकारी अधिकार प्रयोग गर्दै प्रचण्डले ओलीमाथि खुकार प्रहार गर्न सक्ने देखिएको छ । अब, यसबाहेक धुम्बराहीमा ४ बजेबस्न लागेको बैठकले के निर्णय गर्छ भन्ने कुरा बाँकी रहन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend