बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

ओलीलाई पाखा लगाउने संकेत, प्रचण्डले आजै बोलाए सचिवालय बैठक

ओलीलाई पाखा लगाउने संकेत, प्रचण्डले आजै बोलाए सचिवालय बैठक

  • मिडिया डबली
  • मंगलवार, कार्तिक २५ २०७७

  • 4.2K
    SHARES

  • ओलीलाई पाखा लगाउने संकेत,  प्रचण्डले आजै बोलाए सचिवालय बैठक

    काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति नजनाएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार सचिवालयको बैठक बोलाएका छन्।

    अध्यक्ष प्रचण्डले मंगलबार दिउँसो ४ बजेका लागि पार्टी कार्यालय धुम्बाराहीमा  बैठक बस्ने गरी सबै सचिवालय सदस्यलाई खबर पठाएको स्रोतको भनाइ छ । ओलीसँग सहमति लिनका लागि लिखित पत्र बुझाएको ३ दिन हुँदा पनि बैठकका विषयमा ठोस प्रस्ताव नआएपछि कार्यकारी अधिकार प्रयोग गर्दै प्रचण्डले बैठक बोलाएको एक सचिवालय सदस्यले जानकारी दिए।

    प्रचण्डले बैठक राख्ने तयारी गरेपछि मंगलबार बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा स्थायी समिति सदस्य शंकर पोखरेल खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका थिए।

    सो भेटमा पनि अध्यक्ष प्रचण्डले बालुवाटारबाट ठोस प्रस्ताव नभएपछि आफूले बैठक राख्ने तयारी गरेको बताएका थिए। सचिवालय बैठक राख्ने पक्षमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरु एकमत भएका छन्।

    नेता नेपाल र अध्यक्ष प्रचण्ड एकरुपभई अघि बढेसँगै ओलीलाई पाखा लगाउँन सक्ने संकेत देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend