बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

किसानमाथि ओली सरकारको अर्काे खेलवाड : बंगलादेशबाट रसायनिक मल ल्याउनै सकेन !

किसानमाथि ओली सरकारको अर्काे खेलवाड : बंगलादेशबाट रसायनिक मल ल्याउनै सकेन !

  • मिडिया डबली
  • मंगलवार, कार्तिक २५ २०७७

  • 4.8K
    SHARES

  • किसानमाथि ओली सरकारको अर्काे खेलवाड : बंगलादेशबाट रसायनिक मल ल्याउनै सकेन !

     काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाली किसानहरुमाथि अर्काे ठूलो घात गरेको छ। गत साउन भदौ मै धानलगायतका वालीमा प्रयोग गर्ने रसायनीक मल अभाव भएपछि बंगलादेशबाट पैँचोको रुपमा ल्याउने तयारी भएको भनेर किसानलाई झुक्काएको ओली सरकार र सबैले आशा गरेका तर, माखो मार्न नसकेका कृषि मन्त्री घनश्याम भूषालले अझै पनि ल्याउने सकेका छैनन्।

    नेकपाकै अर्का अध्यक्ष प्रचण्डका घरबेटीको कम्पनी शैलुङ इन्टरप्राइजेज र होनीको मल्टिप्रपोज दुई ठेकेदार कम्पनीसँग मल ल्याउने सम्झौता गरेर मल नल्याएपछि ओली सरकारले नाटकीय रुपमा ती कम्पनीलाई कारबाही पनि गर्याे। त्यसपछि सरकारले बिभिन्न विकल्पबारे प्रयास गर्दा बंगलादेशसँग पैँचोमा मल ल्याउने र पछि उसलाई त्यति नै मल सापटी तिर्ने प्रक्रिया थालेको जनाएको थियो।

    त्यसकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशी समकक्षी शेख हसिना वाजेदसँग भदौमा टेलिफोन कुराकानी समेत गरेका थिए। फोनवार्तापछि प्रधानमन्त्री ओलीले बंगलादेशी समकक्षीसँगको त्यसबारे सकारात्मक कुराकानी भएको हुँदा बंगलादेशबाट पैँचोमा मल प्राप्त हुने बताएका थिए। तर पछि बंगलादेशले सापटीमा मल नदिने भएपछि अहिले फेरि सरकारले बंगलादेशसँगै मल किनेरै ल्याउने कि भने छलफल अघि बढाएको छ।

    सरकारले अहिलेको प्रक्रिया हेर्दा पनि किसानले हिउँदे बालीमा पनि रसायनीक मल प्रयोग गर्नका लागि नपाउने लगभग पक्कापक्की जस्तै भएको छ। राजनीतिक तहमा कुरा हुँदा सापटीमा मल दिन तयार भएको बंगलादेशी पक्षले पछि त्यहाँको प्रशासनिक रिपोर्टिङपछि केहि फरक कुरा गर्‍यो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend