काठमााडौं- अमेरिकी औषधि कम्पनीले आफूले बनाएको भ्याक्सिन कोरोना भाइरसविरुद्ध लगभग पूर्णरुपमा प्रभावकारी देखिएको छ । मेरिकी कम्पनी फाइजरले परीक्षणका क्रममा यस भ्याक्सिनले ९० प्रतिशतसम्म काम गरेको पाइएको हो ।
कम्पनीका अनुसार यो भ्याक्सिन अहिले स्वयमसेवकहरुलाई दिइएको छ। उनीहरुमाथि यसले कुनै असरबिना ९० प्रतिशतभन्दा धेरै काम गरेको हो। फाइजरले यो भ्याक्सिन जर्मन औषधि कम्पनी बायोटेकसँग मिलेर बनाएको हो।
कम्पनी यसै महिनाको अन्तिमसम्म भ्याक्सिनको दुई डोजका लागि फूड एन्ड ड्रग एडमिनिस्ट्रेशनसँग आपत्कालीन अनुमति लिने तयारीमा छ। उता अमेरिका नै एक करोडभन्दा धेरै संक्रमित भएको पहिलो देश बनेको छ।
यसअघि कोरोनाविरुद्धको भ्याक्सिन रसियाले बनाएको दाबी गरेको थियो। चीनले त आफ्ना जनमुक्ति सेनासहित ५ लाखभन्दा धेरै नागारिकमा यो खोप दिइसकेको छ। त्यस्तै उसले विश्वका १५ बढी देशमा यो भ्याक्सिनको अहिले परीक्षण गरिरहेको छ। तर रुस र चीन दुवैले बनाएका भ्याक्सिनले तेस्रो चरणको परीक्षण अझै पूरा गरिसकेका छैनन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।