काठमाडौं- आइतबार नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहितका पाँच शीर्ष नेताले प्रधानमन्त्री एवं नेकपा अध्यक्षसमेत रहेका केपी शर्मा ओलीलाई लिखित पत्र बुझाउँदै तत्काल पार्टी बैठक राख्न माग गरेका थिए ।
ओलीले बैठक नबोलाएपछि प्रचण्ड एवं वरिष्ठ नेता माधवकुमार नेपालपक्षले थप दबाब दिन खुमलटारमा बैठक गरेका छन् । आगामी रणनीति बनाउनको लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरु खुमलटारमा छलफलमा जुटेका हुन्। उनीहरुबीच लामै छलफल भएको स्रोतले जनाएको छ ।
यसबीच सोमबार विहान महासचिव विष्णु पौडेलले कार्यकारी अध्यक्ष प्रचण्डलाई खुमलटार निवासमा गएर भेट गरेका थिए। स्रोतका अनुसार महासचिव पौडेलले बिहान ल्याएको प्रधानमन्त्री ओलीको सन्देशबारे पनि प्रचण्डले अन्य नेताहरुलाई जानकारी गराएका छन्।
पार्टीभित्र संकटमा परेका ओलीले आइतबार वरिष्ठ नेता नेपालसहित स्थायी समिति सदस्य भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलगायतलाई छलफलका लागि बोलाएका थिए। तर, प्रचण्डपक्षका नेता नगएपछि बैठक बसेको थिएन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।