काठमाडौं- कोरोना संक्रमित व्यक्तिले एकभन्दा धेरै ल्याबबाट परीक्षण गराएर अर्को व्यक्तिको नाममा पनि कोरोना बीमा दाबी गरेको भेटिएको भन्दै अब, स्वास्थयमन्त्रालयले बिमा कम्पनीको आग्रहका आधारमा परिचय पत्र देखाए मात्रै कोरोना परीक्षण गर्ने तयारी गरेको छ ।
यस विषयमा बीमा समिति र स्वास्थ्य मन्त्रालयबीच छलफल भइरहेको छ । यदि बिमा कम्पनीले छलफल जिते भने सरकारले यस्तै निर्णय गर्ने सम्भावना देखिएको छ ।
अहिले नाम, उमेर रेकर्ड राखेर मात्र स्वाब परीक्षण गरिँदै आएको छ। फोटो नभएकाले एक संक्रमित व्यक्तिले फरक–फरक ल्याबमा गएर अर्को व्यक्तिको नागरिकता प्रयोग गरेर परीक्षण गरेको पाइएको भन्दै बिमा कम्पनीहरुले स्वास्थ्यमन्त्रालयलाई आग्रह गरेका हुन् ।
तर, यसले परीक्षणमा झनै असहज हुन सक्ने अनुमान गरिएको छ । यसअघि समेत सरकारले सर्वाेच्चको अदालतविरुद्ध कोरोनाको उपचार र परीक्षण शशुल्क गर्दै आएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।