बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

कांग्रेस विवाद मिल्नै लाग्यो, अनि नेकपा कहिले फुट्ला ?

कांग्रेस विवाद मिल्नै लाग्यो, अनि नेकपा कहिले फुट्ला ?

  • मिडिया डबली
  • सोमवार, कार्तिक २४ २०७७

  • 5.6K
    SHARES

  • कांग्रेस विवाद मिल्नै लाग्यो, अनि नेकपा कहिले फुट्ला  ?

    काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विवाद समाधान तर्फ मोडिएको छ। पटक पटकको छलफल पछि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको विवाद समाधान उन्मुख गएको हो। आइतबार सभापति देउवाको निवास बूढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा पार्टीमा देखिएका सबै प्रकारका विवादहरु समाधान गरेर अघि बढ्ने सहमति भएको हो।

    वर्तमान पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्यहरुसहितको बैठकले पार्टीको विवाद समाधान गर्ने सहमति जुटाएको हो। ‘पार्टीको विवाद अब समाधान हुने तर्फ मोडिएको छ,’ कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले मिडिया डबलीसँग भने, ‘असन्तुष्ट भएका कुराहरु खुलस्त भनेपछि विवाद मिल्न लागेको हो।’ विवाद मिल्ने भएपछि अब अनौपचारिक बैठक नबस्ने महतको भनाई छ।

    उनले अब २७ गते बस्ने केन्द्रीय समितिको बैठकले अरु निर्णयहरु गर्ने कांग्रेसले जनाएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति देउवाले पार्टीमा एकलौटी गरेको, विधान विपरित विभाग गठन गरेकोले विभाग खारेज हुनुपर्ने, अन्यपार्टीबाट प्रवेश गरेकालाई मनोमानी ढंगबाट क्रियाशिल सदस्यता वितरणको जिम्मा दिएको आरोप लगाउँदै आएको छ। देउवाले विभाग गठनको विषयमा भने आफू छलफल गर्न तयार नरहेको प्रष्ट पारिसकेका छन्।

    यता नेपाली कांग्रेस विवाद मिलाउन सक्रिय भएको बेला उता सत्तारुढ दल नेकपा भने महामारीमा जनताको अवस्थाप्रति ध्यान नदिई पार्टी कसरी फुटाउने भन्ने ध्याउन्नमा छ।

    प्रधानमन्त्रीसमेत रहेका केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद पार्टी फुट उन्मुख भएको हो। विभाग गठन र मनोनयन, क्रियाशील सदस्यता वितरण, संगठन समायोजन, जनसम्पर्क समिति, भ्रातृ संस्थाको पदावधि, भ्रातृ संस्थाको पदाधिकारीको दोहोरो जिम्मेवारीलगायतका विषयमा कांग्रेसमा विवाद थियो । तीमध्ये अधिकांश विवादहरु पार्टीको विधानमा गरिएको व्यवस्थालाई आधार मानेर समाधान गर्न कांग्रेस नेताहरु सहमत भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend