बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

केपी ओलीलाई अर्काे आपत्, प्रचण्ड- नेपालले दिए संसदमा बहुमत पुर्याउन चुनौती

केपी ओलीलाई अर्काे आपत्, प्रचण्ड- नेपालले दिए संसदमा बहुमत पुर्याउन चुनौती

  • मिडिया डबली
  • सोमवार, कार्तिक २४ २०७७

  • 6.8K
    SHARES

  • केपी ओलीलाई अर्काे आपत्, प्रचण्ड- नेपालले दिए संसदमा बहुमत पुर्याउन चुनौती

     काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक द्वन्द्वले पार्टी फुटकै अवस्थामा नजिक छ। नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको शक्ति संघर्षको कारण नेकपा अहिले चर्काे विवादमा छ।

    केपी शर्मा ओलीले पार्टीको, सचिवायको, स्थायी कमिटिको र दुई अध्यक्षबीच भएको छलफल कुनै पनि नमानेपछि विवाद उत्कर्षमा पुगेको हो। केही दिन अघि प्रचण्ड र दुई वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेतासहितको सचिवालयको बैठकले बैठक आह्वान गर्न ओलीलाई भनेपनि उनले उक्त प्रस्तावलाई नकारेका थिए। त्यसपछि अहिले प्रचण्ड लगायतको टिमले ओलीलाई अर्काे चुनौती दिएको छ।

    यो चुनौती भने ओलीका लागि निकै भारी हुने देखिएको छ। प्रचण्ड÷नेपाल समूहले ओलीलाई संसदमा बहुमत सिद्ध गर्न चुनौती दिएका छन्। उनीहरुको यो चुनौती पुरा नगरे प्रचण्ड माधव नेपाल समूहले संसदका अन्य दलसँग मिलेर अविश्वासको प्रस्ताव ल्याउने सम्भावना पनि उत्तिकै छ।

    ओलीले बैठक नराखे कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाउने र सो बैठकले संसदीय दलमा बहुमत सिद्ध गर्न उनलाई निर्देशन तयारी यो समूहले गरेको हो। प्रचण्डसहित सचिवालयका बहुमत सदस्यले शनिबार बिहान लिखित पत्र पठाएरै सचिवालय बैठक माग गरेका थिए। तर, यति गर्दा पनि ओली बैठक नबोलाए प्रचण्डले नै क्रमैसँग सबै कमिटीको बैठक बोलाउने तयारी भएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend