बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

माधव नेपालसँग ओलीले भने दोस्रो किड्नी हालेपछि जुँगा काला उम्रिन थाले

माधव नेपालसँग ओलीले भने दोस्रो किड्नी हालेपछि जुँगा काला उम्रिन थाले

  • मिडिया डबली
  • आइतवार, कार्तिक २३ २०७७

  • 5.3K
    SHARES

  • माधव नेपालसँग ओलीले भने दोस्रो किड्नी हालेपछि जुँगा काला उम्रिन थाले

    काठमााडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले आज नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटवार्ता गरेका छन् । पार्टीभित्र उग्र विवाद चलिरहेका बेलाओलीको आमन्त्रणमा नेता नेपालले भेटेका हुन् ।

    भेटका क्रममा ओलीले दोस्रो मृगौला (किड्नी) प्रत्यारोपण गरेपछि आफु निकै नै स्वस्थ भएको कुरा गरेका छन् । ओलीले दोस्रो मेगौला प्रत्यारोपणपछि आफुलाई हाच्छ्यु पनि आउँन छोडेको र जुँगासमेत कालो पलाउँन थालेको बताएका हुन् ।

    छलफलको क्रममा ओली अन्तिम समयमा ठट्यौली शैलीमा आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए। नेता नेपाल स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्तसहित बालुवाटार पुगेका थिए। 

    ‘पहिले पहिले सेतो जुँगा आउथे, अहिले त जुँगा पनि कालो आउन थालेको छ। दोस्रो पटक मृगौला प्रत्यारोपण गरेपछि हाँच्छ्यु पनि आएको छैन,।’ ओलीको भनाइ उद्रित गर्दै एक नेतालाई सञ्चारमाध्यमलाई बताएका छन् ।

    प्रधानमन्त्री ओलीको गत फागुन तेस्रो साता त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण भएको हो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend