काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधनमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बालुवाटारमा भएको छलफल सकिएको छ । आइतबार दिँउसो १ बजेबाट भएको छलफल ४ बजे सकिएको हाे ।
बैठकमा नेता नेपालसँग नेताहरु सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्तसमेत थिए । प्रधानमन्त्रीको सचिवालयले आइतबार बिहान प्रधानमन्त्रीले छलफल गर्न चाहेको बताएपछि नेता नेपाल आफूनिकट तीन स्थायी कमिटि सदस्यलाई साथमा लिएर बालुवाटार गएको स्रोतकाे भनाइ छ।
यद्यपी नेता नेपालले बालुवाटार जानुअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग फोनमा कुराकानी गरेको स्राेतको दाबी छ । यसकारण प्रचण्डलाई थाहा दिएरै अथवा प्रचण्डकै निशानामा बलुवाटारमा ओली र नेपालबीच छलफल भएको अनुमान गरिएको छ ।
छलफलमा पार्टी विवादको समाधानका विकल्पहरुबका बारेमा कुरा भएको हुन सक्ने अनुमान गरिएको छ । यद्यपी पार्टीको विवाद समाधानतिर जानसक्ने कुराको अहिलेसम्म कुनै टुंगो लागेको छैन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।