बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

ओलीलाई प्रधानमन्त्री पदबाट हटाइदै, योजना अन्तिम चरणमा

ओलीलाई प्रधानमन्त्री पदबाट हटाइदै, योजना अन्तिम चरणमा

  • मिडिया डबली
  • शनिवार, कार्तिक २२ २०७७

  • 5.6K
    SHARES

  • ओलीलाई प्रधानमन्त्री पदबाट हटाइदै, योजना अन्तिम चरणमा

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई एक्लौटीरुपमा चलाउँन खोजिरहेको भन्दै नेकपाभित्र भयंकर रुपमा विवाद चर्कीएको छ । ओली नत सहमतिमा आएका छन्, न पार्टीभित्रकै विपक्षीसमुहको प्रस्ताव मान्न तयार छन् । यसबीच विपक्षी समुहले प्रक्रियात्मक ढंगबाट ओलीलाई प्रधानमन्त्री पदबाट हटाउँने तयारीको रुपरेखा गरिसकेको अनुमान गरिएको छ ।

    ओलीलाई हटाउँन कै लागी सचिवालय बैठकको माग गरिएको छ । तर ओलीले अस्विकार गरेका छन् । आज (शनिबार) पाँच सचिवालय सदस्यले बैठक बोलाउँन आग्रह गर्दै लिखित पत्र नै दिँदा समेत ओलीले अस्विकार गरेका थिए । प्रचण्डसहित पाँचजना सचिवालय सदस्यहरुले दुई दिनभित्र ओलीले बैठक नडाके बहुमत सचिवालय समुहले कडा निर्णय लिने जनाइएको छ ।

    संसदीय दलमा ओलीलाई हटाउँन तयारी हुन थालेको छ ।  ओली पक्षले संसदीय दलमा बहुमतको दाबी गरेको छ । तर, उनीविरोधी पक्षले आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिरहेको छ । 

    संसदको अधिवेशन सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले पत्र लेखेपछि डाकिने संवैधानिक व्यवस्था छ । हिउँदे अधिवेशनमा अलमल हुने देखिएको छ । त्यस्तो अवस्थामा विशेष अधिवेशन डाक्ने सम्मको प्रयास भएको छ ।

    पार्टीभित्र आफुलाई हटाउँने चलखेलको अन्तिम अवस्थामा पुगेको थाहा पाएका ओलीले आफुले कुनै पनि हालतमा राजीनामा नदिने अभिव्यक्ति अघि सारिसकेका छन् । ओलीको अडान कायम नै रहे अर्काेसमुहले ओलीलाई पदबाट हटाउँन तयारीलाई अझै मजबुत बनाउँने अनुमान छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend