बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

जनसम्पर्क समिति क्यानडाको उपसभापतिमा डा. जितु उपाध्याय मनोनीत

जनसम्पर्क समिति क्यानडाको उपसभापतिमा डा. जितु उपाध्याय मनोनीत

  • मिडिया डबली
  • शनिवार, कार्तिक २२ २०७७

  • 6.4K
    SHARES

  • जनसम्पर्क समिति क्यानडाको उपसभापतिमा डा. जितु उपाध्याय मनोनीत

     काठमाडौं- नेपाली जनसम्पर्क समिति क्यानडाको उपसभापतिमा डा. जितेन्द्र उपाध्याय (जितु) मनोनीत भएका छन्।

    जनसम्पर्क समिति क्यानडाको बैठकले डा. उपाध्यायलाई उपसभापति पदमा मनोनीत गर्ने निर्णय गरेको हो। जनसम्पर्क समिति क्यानडाले केन्द्रीय समितिको विषेशाधिकार प्रयोग गरी डा. उपाध्यायलाई उपसभापतिमा मनोनीत गरेको समितिका अध्यक्ष वुद्धिप्रकाश ओलीले जानकारी दिए।

    उनका अनुसार जनसम्पर्क समितिको अक्टोबर १६ मा बसेको भर्चुअल बैठकको बोर्डको ६ नम्बर निर्णय अनुसार उपसभापतिमा उपाध्यायलाई मनोनीत गरिएको हो।

    उपसभापतिमा मनोनीत भएका डा. उपाध्याय नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत हुन्। खाद्य विज्ञान तथा प्रविधिमा दक्षिण कोरियाबाट विद्यावारिधि गरेका डा. उपाध्याय हाल क्यानडाको एमसी गिल विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका रुपमा कार्यरत छन्।

    डा. उपाध्याय सानै उमेरदेखि विद्यार्थी राजनीतिमा लागेका थिए। उपाध्यायले यसअघि नेविसंघका तर्फबाट त्रिचन्द्र क्याम्पसमा स्ववियु सदस्यमा निर्वाचित भएर काम गरिसकेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, कार्तिक २२ २०७७०६:१५:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend