बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

केपी ओलीलाई अन्तिम मौका दिने तयारीमा दाहाल समूह !

केपी ओलीलाई अन्तिम मौका दिने तयारीमा दाहाल समूह !

  • मिडिया डबली
  • शनिवार, कार्तिक २२ २०७७

  • 3.3K
    SHARES

  • केपी ओलीलाई अन्तिम मौका दिने तयारीमा दाहाल समूह !

     काठमाडौं - सत्तारुढ नेकपाको आन्तरिक विवाद पार्टी फुटको अवस्थामा नै पुगेको छ। प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई वास्तै नगरी बीचमा केही महत्वपूर्ण निर्णयहरु गरेपछि विवाद चर्किएको हो। अहिले दाहाल, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल एक ठाउँमा छन्। यस पटक ओलीलाई गलाएरै छोड्ने उनीहरुको तयारी छ।

    हिजो यो समूहले अनौपचारिक रुपमा सचिवालय सदस्यको बैठक राख्यो। बैठकले सचिवालय बैठक बोलाउन सामूहिक आग्रह गर्ने निर्णय गरेको छ। यो अन्तिम मौका ओलीले चुकाएमा या यसप्रति उनी असंवेदनशिल बनेमा असन्तुष्ट पक्षले औपचारिकरुपमै सचिवालय बैठक डाकेर उनीविरुद्ध उपयुक्त निर्णय लिने रणनीति बनाएको छ। त्यसको थालनी बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको अनौपचारिक केन्द्रीय सचिवालय बैठकबाट भएको छ।

    पार्टीका अर्का अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसँग वामदेव गौतम सामेल अनौपचारिक बैठकले औपचारिक केन्द्रीय कमिटी बैठकका लागि सहमत हुन ओलीलाई शनिबार बिहान ९ बजेपछि संयुक्तरुपमा सम्भवतः लिखित पत्र बुझाउने निर्णय गरेको छ।

    तर बिहीबार मात्रै प्रचण्डलाई ओलीले आफ्नो सहमतिविपरीत औपचारिक बैठक बोलाएका दिन अर्को बैठक डाकेर पार्टी फुटको घोषणा गर्ने र आफूले अर्को पार्टीको घोषणा गर्ने चेतावनी दिएको पृष्ठभूमिका असन्तुष्ट पक्षको यो रणनीति सफल होला ? या नहोला भन्न सक्ने अवस्था भने छैन। तर उक्त बैठकले ओलीविरुद्ध कठोर निर्णय लिन सक्ला ?पार्टी विभाजन रोक्न सफल होला या प्रधानमन्त्रीलाई कुर्सीबाट हटाउला ?यसबारे असन्तुष्ट पक्षका सदस्यहरुले अहिले नै मुख खोल्न चाहेका छैनन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend