काठमाडौं - सत्तारुढ नेकपाको सचिवालय सदस्यको अनौपचारिक भेलाले भोली (शनिबार) अध्यक्ष केपी शर्मा ओलीसँग सामूहिक भेट गर्ने भएको छ।
आज अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको बैठकले भोली शनिबार ओलीसँग सामूहिक छलफल गर्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले मिडियाडबलीलाई जानकारी दिए।
‘आजको छलफलमा सहभागी हुनु भएका पाँचै जना सचिवालय सदस्यले भोली प्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने निर्णय गरेको छ,’ श्रेष्ठले भने, ‘भोली भेटेर कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयको औपचारिक बैठक बोलाउन आग्रह गर्नुहुनेछ।’
आजको भेलामा कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।