काठमाडौं- शुक्रबार (आज) नेपाली बजारमा सुनको मूल्यमा प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन ९७ हजार २ सय रुपैयाँमा कारोवार भएको छ ।
यस्तै तेजाबी सुन बिहीबार ९५ हजार ७ सय रुपैयाँमा कारोवार भएकोमा आज एक हजारले वृद्धि भई ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार छापावाल सुन प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै चाँदीको मूल्यमा पनि बिहीबारको तुलनामा प्रतितोला ४५ रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार २१० रुपैयाँमा कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार २५५ मा कारोवार भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।