काठमाडौं - नेपाली बजारमा सुनको भाउ भारी मात्रामा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ६ हजार दुई सय रुपैयाँले घटेर ९५ हजार चार सय रुपैयाँ कायम भएको छ ।
रसियामा कोभिडको भ्याक्सिन तयार भएको समाचार प्रकाशित भएसँगै सुनको भाउ घटेको हुन सक्ने महासंघले जनाएको छ ।
मंगलबार एक लाख एक हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार नौ सय रुपैयाँ र चाँदी प्रतितोला एक हजार २१० रुपैयाँ कायम भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।