काठमाडौँ- निरन्तर घटेको सुनको भाउ आइतबार भने सामान्य बढेको छ । गत शुक्रबारको तुलनामा आज (आइतबार) तोलामा ३ सय रुपैयाँले सुनको भाउ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुन तोलाको ९७ हजार २ सय तोकेको छ । शुक्रबार तोलाको ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुनको भाउ पनि बढेर ९६ हजार ७ सय पुगेको छ । शुक्रबार तोलाको ९६ हजार ४ सय थियो । आज चाँदीको भाउ भने तोलाको १३४० मा स्थिर रहेको महासंघले जानकारी दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।