काठमाडौं - आइतबार अर्थात आज सुनको मूल्यमा गिरावट भएको छ । सुनको मूल्यमा आज तोलामा ३ सय रुपैयाले घटेको हो ।
शुक्रबार प्रतितोला ९६ हजार ४ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज पनि घटेर प्रतितोला ९६ हजार एक सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ।
यस्तै आज तेजाबी सुन प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको बताइएको छ । आज चाँदीको मूल्य भने १० रुपियाँले बढेको छ । आज चाँदीको मूल्य १० रुपियाँले बढेर प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।