सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक विशेष

विद्या भण्डारीलाई प्रश्न, संवैधानिक राष्ट्रपति एउटा पार्टीको गुटमा खुलेर लाग्न मिल्छ ?

विद्या भण्डारीलाई प्रश्न, संवैधानिक राष्ट्रपति एउटा पार्टीको गुटमा खुलेर लाग्न मिल्छ ?

  • मिडिया डबली
  • बिहिवार, मंसिर ४ २०७७

  • 6.7K
    SHARES

  • विद्या भण्डारीलाई प्रश्न, संवैधानिक राष्ट्रपति एउटा पार्टीको गुटमा खुलेर लाग्न मिल्छ ?

    काठमाडौं  - प्रथम राष्ट्रपति डा.रामवरण यादवले नेपाली कांग्रेसको १२औं महाधिवेशनका क्रममा सुशील कोइरालालाई सभापतिमा जिताउन धनुषाका महाधिवेशन प्रतिनिधिलाई शीतल निवासमा दहीचिउरा खुवाएको विषयले निकै हंगामा भयो ।

    यो विषयमा कांग्रेसका नेताहरुले आपत्ति जनाएपछि त्यसपछि यादवले खुलेर कहिल्यै पनि अर्को पक्षको तावेदारी गरेनन् । कांग्रेसमा विवाद देखिए पनि उनले हस्तक्षेप गरेनन् । तर, वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी भने सधैं पार्टी राजनीतिमा हस्तक्षेप गरिरहेकी छन् ।

    तत्कालीन एमाले र सो पार्टीको सरकारका बेला पनि भण्डारीले माधव नेपाल समूहलाई पेल्ने, केपी ओली समूहलाई संरक्षण गर्दै आएकी थिइन् । एमाले र माओवादी एकतापछि गठन भएको नेकपामा पनि भण्डारीले सिधै हस्तक्षेप गर्दै आएकी छन् ।

    त्यो पनि केपी ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्षको पद जोगाउन । अरु विषयमा उनले कहिल्यै चासो देखाएकी छैनन् । भण्डारी संवैधानिक राष्ट्रपति हुन् । उनले देश र जनताको विषयमा मात्र सोच्नुपर्ने हो । तर, जबजब प्रधानमन्त्री ओलीको कुर्सी धर्मर हुन्छ, तबतब भण्डारी मैदानमै उत्रिने गरेकी छन् । नेकपामा अर्को पक्षका नेतालाई बोलाउने, धम्काउने, प्रलोभन दिने, आश्वासन दिने काम गर्दै आएकी छन् ।

    भण्डारीको यस्तो क्रियाकलापका कारण अहिले नेकपामा उनलाई महाअभियोग लगाउनुपर्ने आवाज पनि जबर्जस्त रुपमा उठ्न थालेको छ ।

    उनी नेकपामै सबैकी राष्ट्रपति बन्न सकेकी छैनन् । राष्ट्रपति पद भनेको अभिभावक हो । तर, भण्डारी नेकपामा ओली गुटको अभिभावक मात्र बनेकी छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ १८ २०७८०५:०२:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend