सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक विशेष

आफ्नो चौतर्फी आलोचना हुन थालेपछि कांग्रेस महिला नेतृसँग राष्ट्रपति भण्डारीको रोदन

आफ्नो चौतर्फी आलोचना हुन थालेपछि कांग्रेस महिला नेतृसँग राष्ट्रपति भण्डारीको रोदन

  • मिडिया डबली
  • बुधवार, मंसिर २४ २०७७

  • 14.9K
    SHARES

  • आफ्नो चौतर्फी आलोचना हुन थालेपछि कांग्रेस महिला नेतृसँग राष्ट्रपति भण्डारीको रोदन

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो भूमिका र संवैधानिक मर्यादा नाघेपछि अहिले उनको चौतर्फी आलोचना भइरहेको छ । भण्डारी देश र जनताको भन्दा पनि नेकपामा ओली गुटको मात्र राष्ट्रपति बनेको भन्दै पार्टीमै पनि उनको विरोध भइरहेको छ ।

    नेकपामा आवश्यकताभन्दा बढी हस्तक्षेप गर्न थालेपछि भण्डारी विवादमा आएकी हुन् । त्यसमा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति भण्डारीको भूमिकाको कडा आलोचना गरेको छ ।

    कांग्रेस नेताहरुले राष्ट्रपति भण्डारीले पदको गरिमा र मर्यादा राख्न नसकेको भन्दै सार्वजनिक रूपमा आलोचना गरेपछि उनी रिसाएकी छन् । १६ दिने महिला हिंसा अभियानअन्तर्गत महिलाको सशक्तीकरणका विषयमा कुराकानी गर्न कांग्रेस महिला नेतृहरूलाई शीतल निवास बोलाएर राष्ट्रपति भण्डारीले अरण्यरोदन प्रस्तुत गरेकी छन् ।

    राष्ट्रपति भण्डारीले मंगलबार कांग्रेस नेतृहरु सुजाता कोइराला, कमला पन्त, किरण यादव, सीता गुरुङलगायतलाई शीतल निवास बोलाएकी थिइन् । उनले कांग्रेसले पनि आफ्नो आलोचना गरेको भन्दै गुनासो गरेकी थिइन् ।

    छलफलमा सहभागी एक कांग्रेस नेतृका अनुसार राष्ट्रपति भण्डारीले आफूले जुनसुकै राजनीतिक दलका नेतालाई शीतल निवासमा भेट गरे पनि नेकपालाई मात्रै बढी च्यापेको, त्यसमा पनि एउटा पक्षका नेतालाई मात्र महत्व दिएको भन्दै कांग्रेस नेताहरुले गरेको आलोचनाबारे गुनासो राखेकी थिइन् ।

    उनले आफूले राष्ट्रपतिको गरिमा र मर्यादालाई नकुल्चेको दाबी प्रस्तुत गरेकी थिइन् । प्रमुख राजनीतिक दलमा सधैं महिलालाई पछाडि पारिएको भन्दै भण्डारीले अब महिलाहरु सशक्त भएर प्रस्तुत हुनुपर्ने सुझाव दिएकी थिइन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ १८ २०७८०५:०२:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend