सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
आजको विशेष

विदेशीसँग कोभिडविरुद्धको खोप भीख माग्न थालेपछि राष्ट्रपति भण्डारी तानिइन् विवादमा

विदेशीसँग कोभिडविरुद्धको खोप भीख माग्न थालेपछि राष्ट्रपति भण्डारी तानिइन् विवादमा

  • मिडिया डबली
  • मंगलवार, जेठ १८ २०७८

  • 5.5K
    SHARES

  • विदेशीसँग कोभिडविरुद्धको खोप भीख माग्न थालेपछि राष्ट्रपति भण्डारी तानिइन् विवादमा

    काठमाडौैं - नेपालको संविधानले राष्ट्रपतिको काम, कर्तव्य र अधिकार समेटिएको धारा ६६ मा ‘यो संविधान वा सङ्घीय कानूनबमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी किटानीसाथ व्यवस्था भएको कार्यबाहेक राष्ट्रपतिबाट सम्पादन गरिने अन्य जुनसुकै कार्य मन्त्रिपरिषद्को सिफारिस र सम्मतिबाट हुने’ उल्लेख गरेको छ।

    नेपालको संविधानले कार्यकारी अधिकार मन्त्रिपरिषद्‌मा निहित हुने व्यवस्था गरेको र राष्ट्रपतिको भूमिका आलङ्कारिक भएकाले त्यस्ता पत्राचारलाई विश्लेषक, राजनीतिज्ञ एवं कूटनीतिक क्षेत्रका जानकारहरूले ‘अस्वाभाविक’ एवं ‘अनावश्यक सक्रियता’ भन्दै आलोचना गरेका छन्।

    तर, धेरैले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीमा कार्यकारी राष्ट्रप्रमुख बन्ने भित्री चाहना देखिएकाले अहिले धमाधम विदेशी सरकार र राष्ट्रप्रमुखसँग खोपको भीख मागेको टिप्पणी हुन थालेको छ ।

    राष्ट्रपति भण्डारीले अहिलेसम्म भारतीय राष्ट्रपति रामनाथ कोविन्द, अमेरिकी राष्ट्रपति जो बाइडेन, चिनियाँ राष्ट्रपति सी जिनपिङ, रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन तथा बेलायतकी महारानी एलिजाबेथ द्वितीयालाई कोभिडविरुद्धको खोप सहायताका लागि पत्र लेखेकी छन् । जबकि भारत र बेलायतका सरकार प्रमुख कार्यकारी हैसियतका होइनन् ।

    उनीहरूले केही गर्न सक्दैनन् । राष्ट्रपतिको यस्तो भूमिकामाथि सत्तारुढ एमालेकै नेतादेखि प्रमुख प्रतिपक्षी दल कांग्रेस, माओवादी केन्द्र तथा जसपाका नेताहरूले प्रश्न उठाएका छन् । प्रधानमन्त्री कार्यकारी हुँदाहुँदै संवैधानिक राष्ट्रपतिलाई विदेशी राष्ट्रप्रमुख र सरकार प्रमुखलाई पत्र लेख्ने अधिकार नभएको भन्दै भण्डारीको आलोचना भएको हो ।

    पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, एमालेका निष्कासित नेता भीम रावल, कांग्रेस नेतृ डिला संग्रौलालगायतले राष्ट्रपतिलाई विदेशीसामु भीख माग्ने अधिकार नभएको उल्लेख गरेका छन् । तर, एमालेकै ओली पक्षका नेताहरूले भने विपदका बेला राष्ट्रपतिले खोप सहायता माग्नुलाई उचित सम्झेका छन् । उनीहरूले राष्ट्रपतिको आलोचना गर्ने नेताहरूको विरोध गरेका छन् ।

    यसै पनि पछिल्लो समय भण्डारीलाई प्रधानमन्त्री केपी ओलीलाई मात्र सहयोग गरेको, देशको अभिभावक बन्न नसकेको आरोप लाग्दै आएको छ । नेपालमा कोभिड महामारी मच्चिएकाले खोपका लागि दबाव बढिरहँदा राष्ट्रपति भण्डारीले आफैले अग्रसरता देखाएको पाइन्छ ।

    ‘समकक्षीहरूलाई शिष्टाचारका हिसाबले आग्रह गर्न सकिन्छ। त्यसका लागि राष्ट्रपतिले आफैँ अग्रसरता लिनुभएको हो,’ राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले भनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, मंसिर २४ २०७७१०:२९:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend