बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

अविश्वासको प्रस्ताव सामना गरेर पार्टी फुटाउन केपी ओली तयार भएपछि . . .

अविश्वासको प्रस्ताव सामना गरेर पार्टी फुटाउन केपी ओली तयार भएपछि . . .

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक २१ २०७७

  • 6.3K
    SHARES

  • अविश्वासको प्रस्ताव सामना गरेर पार्टी फुटाउन केपी ओली तयार भएपछि . . .

     काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतले अविश्वासको प्रस्ताव दर्ता गरे पनि सामना गर्न तयार रहेको जवाफ दिएका छन्। उनले अविश्वासको प्रस्ताव सामना गरेर पार्टी फुटाएर नयाँ सरकार गठन गर्नेसम्मको चेतावनी दिन थालेका हुन्।

    हिजो बसेको मन्त्रिपरिषदको बैठकमा उनले कुनै पनि बेला अविश्वासको प्रस्ताव आउन सक्ने भन्दै मन्त्रिहरुलाई सामना गर्न तयार रहन पनि आग्रह गरे। प्रचण्ड र अर्का वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध निकै कडा रुपमा प्रस्तुत भएका ओली स्थायी समितिको बैठक बोलाउन नमान्ने मनस्थितीमा छन्। किनकि स्थायी समितिमा ओली अल्पमतमा छन्।

    त्यहीँ उनको राजीनामा मागियो भने धरापमा पर्ने सम्भावना भएकाले उनले अविश्वासको प्रस्ताव सहने, पार्टी फुटाउनेलगायतका काम गर्न तयार भएका हुन्। प्रचण्डले सचिवालय बैठक बोलाउनुपर्ने अडान लिए पछि हिजो बिहीबारको छलफल पनि विनानिष्कर्ष टुंगिएको थियो।

    ओली पहिले दुई अध्यक्षबीच सहमति भएपछि मात्रै सचिवालय बैठक बस्नुपर्ने अडानमा छन्। तर, प्रचण्ड, दाहाल सचिवालय बैठकबाटै सबै छिनोफानो गर्नुपर्ने अडानमा छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend