काठमाडौं- ५ दिनपछि बिहीबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्माओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच छलफल भएको छ ।
छलफलका क्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई राजीनामाको माग कस्ले गरेको ? भन्दै प्रश्न गरेका छन् । स्रोतका अनुसार अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले बुधबार आफ्नो राजीनामा मागिएकाबारे दिएको अभिव्यक्ति के हो ? भनेर प्रश्न गरेका थिए । ‘तपाईले राजीनामा मागियो भनेर बेप्रशांगिक कुरा गर्नुभएछ बुधबार । तर अहिले कसैले राजीनामा नै मागेको छैन’।, प्रचण्डले भनेको स्रातेको दाबी छ ।
‘स्थायी समिति बैठकका निर्णय नै कार्यन्वयन गरौं भनेर मैले बारम्बार भन्दै आएको छु । साथीहरुको भनाई पनि त्यही छ । तर तपाईले त राजीनामा मागियो भनेर जुन प्रचार गर्नुभएछ त्यो ठिक होइन’, प्रचण्डले भनेका थिए । तर, ओलीले भने छलफलका क्रममा पार्टी कमिटीको बैठक राख्न सहमती जनाएका छैनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।