काठमाडौं- कोरोना भाइरसको माहाारीका कारण नेपालमा विभिन्न किसिमका स्वास्थ्य समस्याहरु सिर्जना भएका छन् । विशेष गरी रगतको अभाव भइरहेका क्रममा नेपाली कांग्रेस खेलकुद विभागले विभिन्न जिल्लाहरुमा स्वास्थ्य मापदण्डको पालना गर्दै रक्तदान कार्यक्रमाको आयोजना गर्ने भएको छ ।
विभागले मंसिर ६ गते देखि १७ गतेसम्म स्वास्थ्य मापदण्ड अपनाउँदै विभिन्न जिल्लाहरुमा सप्ताहव्यापी रक्तदान कार्यक्रम सन्चालन गर्ने भएको हो ।
जनस्वास्थ्यको सवालमा सरकार उदासिन बन्दै गर्दा नेपाली कांग्रेस राष्ट्रको जिम्मेवार पार्टी भएकोले जनताप्रति ऐतिहासिक भुमिका र जिम्मेवारी कायम गर्दै कम्तिमा पनि बिरामीहरुलाई रगतको आपूर्तिमा सम्भव भएसम्म सहयोग पुर्याउने उद्देश्यले उक्त रक्तदान कार्यक्रम गर्न लागिएको विभागका प्रमुख पुर्व सुचना तथा सन्चार मन्त्री नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले बताएका छन् ।
बिहीबार एक विज्ञप्तिमार्फत विभागले सम्पुर्णलाई रक्तदान जीवनदान भन्ने भावनालाई आत्मसात् गर्दै रक्तदान कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।