काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच यति बेला चरम विवादको अवस्था रहेको छ । यसबीच दुई अध्यक्षहरुले भेटवार्ताको टुंगो समेत लगाउँन सकेका थिएनन् ।
तर, आज (बिहीबार) केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको छ। पार्टीभित्र विवाद उत्कर्षमा पुगेको बेला पाँच दिनपछि ओली–प्रचण्डबीच छलफल भएको हो। प्रधानमन्त्री ओलीसँग छलफलका लागि बिहीबार बिहान साढे ११ मा प्रचण्ड बालुवाटार गएका हुन्।
तर सोमबार साँझ टेलिफोनमा प्रधानमन्त्री ओलीले नेकपाको विवाद दुई अध्यक्षबीच सहमति गरेर मिलाउने गरेको प्रस्ताव प्रचण्डले अस्वीकार गरेका थिए।
शनिबारको भेटमा प्रधानमन्त्री ओलीले पार्टी फुटाउने प्रस्ताव गरेको भन्दै आइतबार अध्यक्ष प्रचण्डले बहुमत सचिवालय सदस्यलाई ब्रिफिङ गरेपछि दुई अध्यक्षबिच शक्ति संघर्ष चर्किएको थियो।
ओलीले बुधबार प्रदेश १ का आफू निकट नेताहरूसँग जनताको बहुदलीय जनवादको बहस सुरु गर्न निर्देशन दिएका थिए। बुधबार नै ओलीले एक कार्यक्रममा आफूले राजीनामा दिएर देशलाई बर्बाद नपार्ने बताएका थिए। यी अभिव्यक्तिपछि दुई अध्यक्ष पहिलोपटक छलफलमा बसेका हुन।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।