आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ट्रम्पको आदेशमा अमेरिकामा भयंकर हिंसापछि कर्फ्यू, १ जनाको मृत्यु

ट्रम्पको आदेशमा अमेरिकामा भयंकर हिंसापछि कर्फ्यू, १ जनाको मृत्यु

  • मिडिया डबली
  • बिहिवार, पौष २३ २०७७

  • 5.1K
    SHARES

  • ट्रम्पको आदेशमा अमेरिकामा भयंकर हिंसापछि कर्फ्यू, १ जनाको मृत्यु

    काठमाडौं – राष्ट्रपति निर्वाचनको मतपरिणाम उल्टाउने ट्रम्पको प्रयासले अमिरिकामा हिंसा भड्किको छ ।

    हिंसापछि गोली लागेर १ महिलाको मृत्यु भएको छ भने राजधानी वाशिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ ।

    वाशिङ्टनस्थित संसद भवन (क्यापिटल बिल्डिङ) अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजलाई लिएर बहस चलिरहेको थियो । यही बहसपछि राष्ट्रपतिमा निर्वाचित जो बाइडन विजयी भएको औपचारिक र कानूनी पुष्टि गर्ने कार्यक्रम थियो ।

    यसैक्रममा हालका राष्ट्रपति डोनाल्ड ट्रम्पका सयौं समर्थकहरू भेला भएर प्रदर्शन सुरू गरे । प्रदर्शनकारी क्यापिटल बिल्डिङभित्रै प्रवेश गरेर अमेरिकी राष्ट्रपति चुनाव रद्ध गर्न माग गर्न थालेपछि हिंसा सुरू भएको थियो ।

    प्रदर्शनकारीलाई रोक्ने प्रयासमा नेसनल गार्डस् एक्सनमा उत्रिएपछि क्यापिटल बिल्डिङमा प्रदर्शन गर्ने १ महिलालाई गोली लागेर अस्पतालमा मृत्यु भएको छ ।

    करीब तीन घण्टाको तोडफोड र हिंसात्मक प्रदर्शनपछि अहिले स्थिति नियन्त्रणमा रहेको अमेरिकी अधिकारीहरूले जनाएका छन् ।

    अमेरिकामा भएको हिंसात्मक घटनाको चौतर्फी निन्दा भइरहेको छ । चुनावमा धाँधली भएको भन्दै ट्रम्पले बिना प्रमाण आफ्ना समर्थकलाई उक्साएको कारण हिंसा फैलिएकाले अमेरिकी लोकतन्त्र विश्वसामु लज्जित बनेको टिप्पणी गरिँदैछ ।

    हिंसाबीच राष्ट्रपतिमा निर्वाचिन बाइडनले ट्रम्पसँग हिंसालाई अन्त्य गर्न र संविधानको रक्षा गर्न अपिल समेत गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन ९ २०७७०८:०२:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend