काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद दिनदिनै बढिरहेको छ। प्रधानमन्त्रीसमेत रहेको अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) दुबै एक अर्कालाई कसरी गलाउन सकिन्छ भनेर रणनीति बनाउन ब्यस्त छन्।
यसैक्रममा ओली समूहले गोप्य जुम बैठकको आयोजना गरेको खुलासा भएको छ। कोरोना संक्रमणको जोखिम बढेको भन्दै ओलीकै आग्रहमा जुम बैठकमा गोप्य भेला भएको हो । बुधबार भएको जुम बैठक प्रदेश १ को कमिटि स्तरीय मेला थियो। भेलामा नेकपाका १७ नेताहरुले पार्टीको पछिल्लो विवादबारे केपी ओलीसमक्ष जिज्ञासा राखेका थिए। भेलामा प्रधानमन्त्री केपी ओली र हालै रक्षामन्त्रालयबाट प्रधानमन्त्री कार्यालय हेर्ने गरी जिम्मा पाएका ईश्वर पोखरेलले सम्बोधन गरेका थिए।
सम्बोधनका क्रममा पोखरेलले प्रदेश नम्बर एकका सबै जिल्ला र निर्वाचन क्षेत्रमा मदन भण्डारी फाउन्डेसन सक्रिय बनाउन आफू निकटका नेताहरुलाई निर्देशन दिएको पनि खुलासा भएको छ। तत्कालीन एमालेले मदन भण्डारी फाउण्डेशन मार्फत नै एमाले बलियो बनाउने र प्रचण्डलाई धक्का दिने रणनीति बनाएको बुझिएको छ। उता प्रचण्ड पनि ओलीविरुद्ध रणनीति बनाउनका लागि दस्तावेज तयार पार्नमा व्यस्त छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।