कामठाडौं - कालिगण्डकी करिडोरमा सुख्खा पहिरो खस्दा पुरिएर पाँच मजदुरको ज्यान गएको छ। पूर्व नवलपरासीको बुलिङ्टार गाउँपालिका ३ सखुवा नजिकै बुभबार साँझ ५ बजे पहिरो खस्दा पाँच जनाको ज्यान गएको हो। सडक चौडा पार्नेकाम भइरहेको बेला सुख्खा पहिरो खसेको हो।
सात जना मजदुर सडकको छेउमा वाल लगाउनलाई ग्याबीन भर्न ढुंगा हालिरहेको बेला अकस्मात खसेको पहिरोमा पाँच जनालाई पुरेको हो। २ जनालाई भने प्रहरी र स्थानीयले उद्धार गरेका हुन्। पूर्वी नवलपरासीको गैंडाकोटदेखी पाल्पाको राम्दीसम्म १ सय ३० किलोमिटर सडक निर्माण हुँदैछ। पहिरोमा परी मृत्यु हुने सबै बुलिङटार वडा नम्बर ४ का रहेका छन्।
मृत्यु हुनेमा २० वर्षीय गोपाल गरञ्जा, ४३ वर्षीय सुनबहादुर पुलामी, २० वर्षीय ताराबहादुर लुङ्गेली, २० वर्षीय चेतबहादुर अस्लामी र २९ वर्षीय तुलबहादुर सारु रहेको प्रहरीले जनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।