काठमाडौं- जिल्ला प्रशासन कार्यालय र फिदिम नगरपालिकाले छुट्टाछुट्टै सूचनामार्फत आज मध्यरातबाट आगामी मंसिर १२ गतेसम्मका लागि लकडाउन घोषणा गरेका छन् ।
पाँचथरको फिदिममा आज एकैदिन १४ जना कोरोना संक्रमित थपिएपछि १५ दिनका लागि बन्दाबन्दीको घोषणा गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सो नगरपालिकाभित्र अत्यावाश्यक बाहेकका व्यवसाय तथा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।
नगरप्रमुख ओनाहाङ नेम्वाङले कन्ट्र्याक ट्रेसिङमा परेकालाई संयमता अपनाई एकान्तमा बस्न आग्रह गरेका छन्। जिल्लामा सक्रिय संक्रमितको संख्या २४ पुगेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।