काठमाडौं- नेपाल कोरोना भाइरसको टेस्ट नेगेटिभ तर, विदेश पुगेपछि पोजेटिभ पाइने घटना बढेसँगै देशकै बेइज्जत भएको छ ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (एनएसी)ले स्वास्थ्य परीक्षण गरी आफ्नो जहाजमार्फत उडान भरेका यात्रुलाई विदेशी विमानस्थलमा प्रतिबन्ध लगाइँदा आफ्नो मात्र नभई देशकै बेइज्जत भएको जनाएको हो ।
निगमले स्वास्थ्य मन्त्रालयबाट मान्यता प्राप्त ल्याबबाट परीक्षण गरिएको कोरोना परीक्षण गरेका यात्रु आफ्नो जहाजबाट यात्रा गरी सम्बन्धित देशमा पुनः परीक्षण गर्दा कोरोना पजिटिभ देखिनुले निगमको प्रतिष्ठामा नोक्सानी पुग्नुका साथै देशकै प्रतिष्ठा गुमेको ठहर गरेको हो । यस विषयमा निगमले विज्ञप्ती नै जारी गरेको छ ।
नेपालमा कोरोना परीक्षण गरेको प्रमाणपत्रसहित निगमको जहाजमार्फत हङकङ, दुबई, जापानको नारितालगायतका गन्तव्यमा पुगेका यात्रुमा पुनः परीक्षण गर्दा कोरोना पजिटिभ देखिएपछि ती गन्तव्यमा निगमका जडाज उडान गर्न नै रोक लगाइएको छ ।
यस्तो अवस्थाले देशकै स्वास्थ्य प्रयोगशालाहरूको विश्वसनीयतामा प्रश्न उठेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।