काठमाडौं - यूटुबरका कारण भाइरल बनेका पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ। भारतीय स्थल सेना अध्यक्ष मनोज मुकुन्द नरवणेलाई कालो झण्डा देखाउँछु भन्दै अभिव्यक्ति दिएका गौतमलाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएको हो।
नरवणे आज नेपाल भ्रमणमा आउँदैछन्। उनी आउने भएसँगै काठमार्डौंमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। भारतीय सेनाध्यक्षको भ्रमणबारे आफ्नो युट्युब च्यानलमा गौतमले भिडियो बयान दिँदै ‘कालो झण्डाले स्वागत गर्ने’ बताएका थिए। गौतमलाई बौद्धबाट पक्राउ गरिएको हो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।