काठमाडौं । पूर्वसभामुख कृष्ण बहादुर महराकी पत्नी सीताको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ। स्वास प्रश्वासमा समस्या देखिएपछि दाङबाट हेलीकोप्टर चार्टर गरी काठमाडौं ल्याइएकी उनको उपचारको क्रममो निधन भएको हो। सीताको आज बिहान काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो।
उनलाई कोरोना सँगै फोक्सोमा निमोनिया देखिएको थियो। उनलाई दाङको गोर्खा अस्प्तालबाट रिफर गरेर काठमाडौं ल्याइएको थियो। उनलाई दशैँ मनाउन पुख्र्याैली घर मेवाङमा हुँदा स्वास्थ्यमा समस्या देखिएर कोरोनाका लक्षणहरु देखिएको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।