काठमाडौं - सत्तारुढ नेकपाको विवाद दुई अध्यक्ष नै बसेर मिलाउनुपर्ने सर्तसहित प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई फोन गरे। फोन सोमबार साँझ नै ओलीले नै गरेको खुलेको छ। तर, प्रचण्डले अब ‘तपाइँसँग’ कुनै पनि सहमति हुँदैन भन्ने प्रतिक्रिया दिएका थिए।
ओलीले दुई अध्यक्षबीच सहमति गर्ने र त्यसपछि पार्टी स्थायी कमिटिको बैठक बोलाउँ भन्ने प्रस्ताव गरेपछि प्रचण्ड जंगिएका थिए। प्रचण्डले सिधै स्थायी कमिटिको बैठक बोलार सबै विवाद त्यहीँ समाधान गर्न उपयुक्त हुने जवाफ फर्काएको उनी निकट नेता बताउँछन्।
प्रचण्डले स्थायी कमिटिबाटै सबै निर्णय गरे मात्रै आफूलाई स्वीकार हुने र यसो गर्दा पार्टीको विधि प्रक्रिया पनि नमिचिने बताएको पाइएको छ। ओली निकटका नेताहरु भने पहिले दुई अध्यक्षबीच केही सहमति भएपछि मात्रै स्थायी कमिटि बोलाउन ओलीलाई उक्साइरहेका छन्। किनकि स्थायी कमिटिमा ओली कमजोर छन्। माधव कुमार नेपाल र झलनाथ खनालले प्रचण्डलाई साथ दिएपछि स्थायी कमिटिमा ओलीको अवस्था कन्तविजोग छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।