काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपाल सोमबार साँझ नेता प्रदीप नेपाललाई भेट्न गोठाटारमा स्थित उनकै घरमा पुगेका छन् । कुनै बेला यी दुई नेता घनिष्ठ सम्बन्धमा थिए ।
भेटमा प्रदीप नेपालले पार्टीका वरिष्ठ नेता नेपाललाई ओलीसँग मिलेर जान सुझाव दिएका छन् ।
माधव नेपालले भने समस्या आफूमा नरहेको र एउटै पार्टीका नेता मिल्ने नै भएको तर ओलीमा समस्या रहेको बताएका थिए । उनले पार्टी अध्यक्ष ओलीलाई सम्झाउन समेत नेता नेपाललाई आग्रह गरेका छन् ।
शनिबार मात्रै प्रधानमन्त्री ओलीनिकट नेताहरुले प्रदीप नेपालसँग दुई नेता (ओली(नेपाल) मिलाइ दिन आग्रह गरेका थिए । प्रधानमन्त्रीका तीन सल्लाहकार विष्णु रिमाल, राजन भट्टराई र सूर्य थापा, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र स्वास्थ्य मन्त्री भानुभक्त ढकाल प्रदीप नेपालको निवास पुगेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।